शुक्रबार, भाद्र १७ गते ।

मकवानपुर । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए । ‘बोर्ड बैठकले कक्षा १२ को नजिता प्रकाशन गर्ने निर्णय गर्‍यो भने नतिजा प्रकाशन गर्छौं,’ उनले भने ।

कक्षा १२ को नजिता प्रकाशनका लागि रूजुलगायत काम भइरहेका थिए । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए ।