शुक्रबार, भाद्र १७ गते ।

मकवानपुर । नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी छिन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले डीनालाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउन एक मात्र नाम सिफारिस गरेको हो ।

समानुपातिकतर्फ सन्तबहादुर प्रजा र उमा दाहालको नाम सिफारिस भएका छन् । साथै बैठकले २ नम्बर क्षेत्र को ख का लागि कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठकलाई सिफारिस गरेको छ ।

प्रदेशको समानुपातिकतर्फ भने १८ जनाको नाम सिफारिस भएको छ । प्रदेशको समानुपातिकतर्फ जानकी लामा तामाङ, जानुकी लामा, राजेश भेटवालसहित १८ जनाको नाम सिफारिस गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ ख का सचिव कृष्ण योञ्जनले बताए ।