प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ कठायत पनि सिफारिसमा पर्न सफल ।

शुक्रबार, भाद्र १७ गते ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का संघीय सह-सचीव मुना कुमारी पाठक (कठायत) मकवानपुर क्षेत्र नम्बर १ ख प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ सिफारिस भएकी छिन् ।
क्षेत्रीय समितिको बैठकले कठायत लगायत ८ जना महिलातर्फ क्षेत्र नम्बर १ ख बाट उमेदवार बनाउनका लागि समानुपातिकमा नाम सिफारिस गरेको हो । बैठकले पुरुषतर्फ भने ४ जनाको नाम सिफारिस गरेको छ ।
साथै उक्त प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ भने ९ जनालाई सिफारिस गरेका छन् ।
