शुक्रबार, भदौ १७ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले पार्टीको आन्तरिक कमजोरीका कारण स्वतन्त्र उम्मेदवारहरू उदाएको बताएका छन् ।  ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत शुक्रबार पर्वत जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष गुरुङले केही दिन फेसबुकमा उदाएका स्वतन्त्रहरूले आज चुनाव जित्न सफल हुनुको कारण पार्टीभित्रको आन्तरिक कमी कमजोरी रहेको बताएका हुन् ।

उनले सम्पूर्ण तरुण एवं विद्यार्थीहरूलाई आफ्ना नेताविरुद्ध सामजिक सञ्जालमा नलेख्न आग्रह समेत गरेका छन् । ‘जसरी किसानले एक समय दुःख गरेर अर्को समय फल फलाउँछ, त्यसरी नै ५ वर्षसम्म हामीले केन्द्रदेखि वडाहरूमा जनतासँग बसेर काम गर्‍यौँ भने आगामी निर्वाचनमा फल खान पाउँछौँ ।’

साथै पहिले पनि आफूले आदिवासी महिलाहरूलाई समानुपातिकमा मात्र नभएर प्रत्यक्ष चुनाव लडाउनु पर्छ भनेर जोड दिँदै आएको कुरा स्मरण गर्दै उनले यसपालिको चुनावमा त्यस्ता अनुहारहरू देखिनेमा आफू विश्वस्त रहेको बताए ।