शनिबार, भदौ १८ गते ।

मकवानपुर । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नं.२ (ख) मा नेता शंकर थापा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । काठमाडौं क्षेत्र नं.२ को बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघको निर्वाचनका लागि प्रदेशमा प्रत्यक्षतर्फ कांग्रेसका युवा नेता थापालाई सिफारिस गरेको हो ।

नेता थापा बिगत लामो समयदेखी कांग्रेसको राजनीतिमा सक्रिय छन् । थापाले पार्टीले विश्वास गरेर प्रदेश सभा सदस्यका लागि टिकट दिएमा यस क्षेत्रको विकासका लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेस काठमाडौं क्षेत्र नं.२ को बैठकले आगामी मंसिर ४ गते हुने लागेको प्रदेश तथा संघको निर्वाचनका लागि संघीय सांसदका लागि पूर्व सांसद दिपक कुइकेल, क्षेत्रीय सभापति कविर शर्मा, नेता लोकेश ढकाल लगायतलाई पनि सिफारिस गरेका छन् ।