शनिबार, भदौ १८ गते ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता ईश्वर पाठक प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएका छन् । मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ को बिहीबार बसेको बैठकले प्रदेशसभाको प्रत्यक्षतर्फ पाठकसहित ४ जनाको नाम सिफारिस गरेको हो ।

कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित भएर चर्चामा आएका पाठकसहित ४ जनाको नाम सिफारिस भएको हो । साथै पाठक अहिले मकवानपुर काँग्रेस जिल्ला पार्टी सचीव र नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत हुनुहुन्छ ।