महिला नेतृ मोक्तान पनि सिफारिसमा पर्न सफल ।

शनिबार, भाद्र १८ गते ।
मकवानपुर । काभ्रे क्षेत्र १ प्रदेश ‘क’ मा नेपाली कांग्रेसबाट स्मिता मोक्तान तामाङको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सम्भावित उम्मेदवारको नाम सिफारिसको क्रममा तामाङको नाम पनि समानुपातिकमा सिफारिस भएको हो ।
नेपाली कांग्रेस काभ्रे प्रदेश सभा १ (क) को कार्य समिति सदस्य समेत रहेकी स्मिता मोक्तान तामाङ समानुपातिकतर्फ सिफारिसमा पर्न सफल भएकी हुन् । राजनीतिक र सामाजिक कार्यमा दखल राख्ने महिला नेतृ भएकोले उनलाई उम्मेदवार सिफारिस गरिएको हो ।
साथै नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बागमती प्रदेश प्रतिनिधिमा मोक्तान निर्विरोध निर्वाचित भएकी थिइन् । उनलाई पार्टीले बुझेर नै उचित स्थान दिनु पर्ने काभ्रेका कांग्रेस कार्यकर्ताको माग रहेकोले पनि उम्मेदवार सिफारिस गरिएको बताइन्छ ।