शनिबार, भदौ १८ गते ।

मकवानपुर । मकवानपुर क्षेत्र २ प्रदेश ‘ख’ मा नेपाली कांग्रेसबाट रामकृष्ण प्रजा चेपाङको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सम्भावित उम्मेदवारको नाम सिफारिसको क्रममा प्रजाको नाम समानुपातिकबाट सिफारिस भएको हो ।

नेपाली कांग्रेस मकवानपुरका निवर्तमान जिल्ला सदस्य र  राक्सिराङ्ग वडा न: ८ का निवर्तमान वडा अध्यक्ष रहेका प्रजा सामाजिक कार्यमा पनि सक्रिय नेता हुन् । प्रजालाई सो क्षेत्रका जनताको प्रतिनिधित्व गर्न सक्ने सक्षम नेताको रुपमा परिचित छन् ।

राक्सिराङ्गको काकाडा गाबिसामा जन्मेका प्रजाले नेपाली कांग्रेसमा एक योग्य र सामाजिक न्यायको लागि सँधै आवाज उठाउदै आईरहेका छन् । राजनीतिक र सामाजिक कार्यमा दखल राख्ने नेता भएकोले पनि उनलाई उम्मेदवार सिफारिस गरिएको एक नेताले बताए । जब सम्म सामाजिक क्षेत्रको बिकास हुदैन तब सम्म देशकै बिकास नहुने भन्दै राजनीतिक क्षेत्रमा होमेका प्रजा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश सभा २ (ख) को सभापतिका उमेदवार समेत हुन् ।

पार्टीको सबै कार्यमा खटिदै आएका प्रजा सानै उमेर देखी राजनीतिमा चासो राख्ने नेता हुन् । प्रजाले मकवानपुरका बिभिन्न नेताको प्रेरणा पाएर राजनीतिमा प्रखर रुपमा उत्रिएको बताए । उनलाई पार्टीले बुझेर नै उचित स्थान दिनु पर्ने मकवानपुरका कांग्रेस कार्यकर्ताको माग रहेकोले नै उम्मेदवार सिफारिस गरिएको बताइन्छ । सामाजिक भावना र मानवीय भावनालाई राम्रोसँगले बुझेका नेता प्रजाले जनताको समस्याको समाधान गर्न सक्ने प्रतिभाको खानी रहेको एक युवा नेताले बताए ।

साथै नेता प्रजा बिगत लामो समयदेखी कांग्रेसको राजनीतिमा सक्रिय छन् । प्रजालाई पार्टीले विश्वास गरेर प्रदेश सभा सदस्यका लागि टिकट दिएमा यस क्षेत्रको विकासका लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अहिले प्रजा दुबै मृगौलामा समस्य आएर उपचाररत पनि हुनुहुन्छ ।