आइतबार, भदौ १८ गते ।

मकवानपुर । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसर पारेर जिल्ला कार्यसमिति पर्वतको आयोजनामा मोदिवेणी बृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाई खाद्यान्न बितरण एवम् स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङको प्रमुख अतिथिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गुरुङले कर्मचारीहरुबाट मुस्कान सहितको सेवा जनतालाई दिन सक्यो भने मात्र देशमा सुशासन कायम हुने बताउनुभयो । नेपाली काँग्रेसको अत्यन्तै शक्तिशाली सुभेच्छुक संस्था निजामती कर्मचारी युनियन रहेको र यस  युनियनमा आवद्ध हुनुभएको कर्मचारीहरुले जनताको काम फास्ट ट्र्याकमा गरिरहेकोमा धन्यवाद दिनुभयो ।

साथै पुन्यभुमी मोदिवेणीमा जेष्ठ नागरिकहरुले आजको दिनमा यस्तो कार्यक्रम राखेको र आफुलाइ यस खाद्यान्न बितरण जस्तो पुण्यको कार्यमा संलग्न गराउनु भएकोमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती पर्वतलाई धन्यवाद समेत दिनुभएको थियो ।

खाद्यान्न वितरणको फोटो फिचर :