माओवादीका युवा नेता देव अन्जन चौलागाईं ।

आइतबार, भदौ १९ गते ।

मकवानपुर । नेकपा माओवादी केन्द्र काठमाडौंबाट निर्वाचन क्षेत्र नं.२ (क) मा माओवादीका युवा नेता देव अन्जन चौलागाईं प्रत्यक्षतर्फ सिफारिस भएका छन् । काठमाडौं क्षेत्र नं.२ को बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघको निर्वाचनका लागि प्रदेशमा प्रत्यक्षतर्फ युवा नेता चौलागाईंलाई सिफारिस गरेको हो ।

नेकपा माओवादी केन्द्र काठमाडौंको विस्तारित बैठकले उनलाई प्रदेश सभा सदस्यको एकल उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएको हो । चौलागाईंको उम्मेदारीले काठमाडौंका युवाहरूमा खुसियालि छाएको छ । बिगत लामो समयदेखी माओवादीको राजनीतिमा सक्रिय छन् । चौलागाईंले पार्टीले विश्वास गरेर प्रदेश सभा सदस्यका लागि टिकट दिएमा यस क्षेत्रको विकासका लागि थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चौलागाईंले नेकपा माओवादी केन्द्रमा एक योग्य र सामाजिक न्यायको लागि सँधै आवाज उठाउदै आईरहेका छन् । राजनीतिक र सामाजिक कार्यमा दखल राख्ने नेता भएकोले पनि उनलाई उम्मेदवार सिफारिस गरिएको एक नेताले बताए । जब सम्म सामाजिक क्षेत्रको बिकास हुदैन तब सम्म देशकै बिकास नहुने उनको जिकिर छ ।

पार्टीको हरेक कार्यमा खटिदै आएका चौलागाईं सानै उमेर देखी राजनीतिमा चासो राख्ने नेता हुन् । युवा पुस्तालाई समेटन सक्ने क्षमता उनमा भएकोले पनि पार्टीले बुझेर नै उचित स्थान दिनु पर्ने माओवादी कार्यकर्ताको माग रहेकोले नै सिफारिस गरिएको बताइन्छ । सामाजिक भावना र मानवीय भावनालाई राम्रोसँगले बुझेका नेता चौलागाईंले जनताको समस्याको समाधान गर्न सक्ने प्रतिभाको खानी रहेको एक युवा व्यावसायी एवम् युवा नेता नवराज लामा पहलले बताए ।