आइतबार, भदौ १९ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपाने निलम्बनमा परेका छन् । नगर संयोजक बनेको २१ दिनमै उनलाई पार्टीले निलम्बन गरिएको हो ।

पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीतिविपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई बदनाम गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवम् महामन्त्री डा. मुकुन्द ढकालले निलम्बनको पत्र पठाएका हुन् ।

गत साउन २७ मा हेटौँडा भएको प्रदेश भेलाले उनलाई हेटौँडा उपमहानगरपालिकाको संयोजकमा चयन गरेको थियो ।