मंगलबार, भदौ २१ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिका वडा नं. २ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार अपरान्ह परेको चट्याङ लागेर राक्सिराङ्ग २ बरायोटारकी अन्दाजी ५० बर्षीय कालीमाया स्याङतानको मृत्यु भएको स्थानीय भिम मोक्तानले बताए ।

करिब अपरान्ह ५ बजेतिर गोठालो गएको बेला घरनजिकै बारीमा चट्याङ लागेको र एक वटा गोरु समेत घटनास्थलमै मरेको उनले बताए । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज ढकालले घटनास्थलमा चैनपुरबाट प्रहरी पठाइएको र मृत्यु भएकोबारे पुष्टि भइनसकेको बताए ।