बुधबार, भदौ २२ गते ।

मकवानपुर । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष बिद्वान गुरुङले ७७ वटै जिल्लाका तरुण दललाई परिपत्र गरेका छन् । गुरुङले २०७९ साल भदौ २४ गते महामानव विपी कोइरालाको १०९ औँ जन्म जयन्ती परेको स्मरण गराउँदै परिपत्र गरेको हो ।

साथै उक्त जन्म जयन्तीमा आगामी २०७९ साल मंसिर ४ गते हुने प्रदेश सभा र संघीय संसदको निर्वाचनलाई समेत ध्यानमा राखी विभिन्न रचनात्मक र सिर्जनात्मक सभा, सम्मेलन, अन्तरक्रिया, सरसफाई, रक्तदान र फलफुल वितरण लगायतका अन्य विभिन्न कार्यक्रम गरि गराउन जानकारीसहित परिपत्रमार्फत अनुरोध गरेका छन् ।
अध्यक्ष गुरुङको परिपत्र :