बुधबार, भदौ २२ गते ।

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ८ सिम्पानीमा ‘प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । आयोजक दि राईजिङ्ग स्टार युथ क्लबका अध्यक्ष बिनोद पाख्रीन (बिकास) का अनुसार मनहरी गाउँपालिका ८ भिआईपी चोक भित्र रहेको खेल मैदानमा असोज ११ गतेदेखि १५ गतेसम्म प्रतियोगीता आयोजना हुनेछ ।

स्थानीय स्तर र जिल्लामा पनि हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा सक्रिय रहदै आएको क्लबले मनहरी गाउँपालिकामा हुने विभिन्न प्रतियोगितामा पनि सहभागिता जनाउँदै आईरहेको छ । क्लबका अध्यक्ष पाख्रीनले यो भलिबल प्रतियोगीता मनहरी ८ को मात्रै नभई गाउँपालिकाकै प्रतिष्ठासँग जोडिएको बताए । उनले कुलतमा लागेको युवा पुस्तालाई हौसला प्रदान होस् भन्ने हेतुले यो प्रतियोगिता गर्न लागेको जानकारी गराए । साथै भलिबल खेललाई अहिलेको युवा बर्गले चासो दिन छोडेको पाएपछि आफ्नो क्लबले भलिबल खेलको जगेर्ना गर्न सकिन्छ कि भनेर “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराको साथ प्रतियोगिता गर्न खोजेको बताए ।

प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले उपाधी सहित रु, ५०,०५०/- नगद पुरस्कार र सिल मेडल प्रमाणपत्र पाउने छ भने उपविजेताले रु, ३०,०३०/- नगद पुरस्कार र सिल मेडल प्रमाणपत्र पाउनेछ । त्यस्तै बेस्ट स्काईकरले रु २०००/- नगद र मेडल प्रमाणपत्र र बेस्ट डिफेन्डरले रु, २०००/- नगद र मेडल प्रमाणपत्र पाउने छन् । पछिल्लो २ वर्ष कोरोना माहामारीका कारण कुनै पनि खेल हुन नसकेको बेला प्रथम खुल्ला पुरुष भलिबल प्रतियोगिता मनहरी दशैँको सम्मुखमा आयोजना हुन लागेको हो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरको रुपमा परदेश अनलाइन डटकम रहेको छ ।