गायक प्रमोद खरेलको स्वरमा समावेश ‘धोका दियौं’को फिमेल भर्सन सार्वजनिक गरिएको छ । फिमेल भर्सनमा गायिका एलिना चौहानले स्वर दिएकी छिन् । सुवास कार्कीको शब्द रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

यो गीतको भिडियोमा कृतिशा केसीले अभिनय गरेकी छिन् । उनका साथमा चिरञ्जिबी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय भिडियोमा देख्न सकिन्छ ।