चेपाङहरुको संघ नेपाल चेपाङ संघमा पुन : गोविन्दरामको इन्ट्री ।

शुक्रबार, भाद्र २४ गते ।
मकवानपुर । नेपाल चेपाङ संघको पाँचौ महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा गोविन्दराम चेपाङ्ग विजयी भएका छन । अध्यक्षका अर्का प्रत्यासी सुनिमाया चेपाङलाई पराजित गर्दै गोन्दिराम अध्यक्षमा विजयी भएका हुन । गोविन्दरामले १२३ मत प्राप्त गरे भने सुनिमायाले ९२ मत प्राप्त गरे ।
यस्तै बरिष्ठ उपाध्यक्षमा बिलबहादुर चेपाङ्ग ११५ मतसहित बिजयी भएका छन । अर्का प्रत्याशी कृष्ण बहादुर चेपाङले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा सुमित्रा चेपाङ १२३ मतसहित, महासचिवमा सन्तबहादुर चेपाङ ११६ मतसहित बिजयी भए । सचिवमा सरेन्द्र चेपाङ ११९ मतसहित र भरतलाल चेपाङ्ग ११२ मतसहित बिजयी हुदाँ कोषाध्यक्षमा आइतलाल चेपाङ सर्व सहमत विजयी भएका छन ।
त्यस्तै केन्द्रिय सदस्यहरु मकवानपुर, धादिङ, तनहुँ र गोर्खाबाट सर्वसहमत निर्वाचित भएको थियो । साथै चितवनबाट ७ केन्द्रिय सदस्यको लागि निर्वाचन भएको थियो आज सम्पन्न निर्वाचन बाट ३० जना कार्य समिती चयन भएको छ भने १ मदेन्न सदस्य र ४ मनोनीत गरि जम्मा ३५ केन्द्रिय कमिटी हुने बताएको छ । नव निर्वाचित अध्यक्ष चेपाङ संघका निवर्तमान अध्यक्ष र संबिधान सभा सदस्य समेत हुन ।