शनिबार, भाद्र २५ गते ।

मकवानपुर । समाजसेवी रन्तिजा आरती हंङकंङमा बस्दै आउनुभएको छ । उनले नेपालको हरेक गतिविधि लाई नजिक बाट हेरेकी छिन् । नेपाल र नेपाली भनेपछी हुरुक्कै हुनुहुने आरती आवाज विहिनहरुको आवाज़ पनि हुन् ।उनले धेरै पिडीतहरुको घाउमा मलहम लगाउने काम पनि गरिन। अहिले पनि पिडीतहरुको पक्षमा वकालत संगै सकेको आर्थीक सहयोग गरिरहेकी छन् ।

ज्यान विदेशमा भएर पनि नेपालको बारेमा निकै चिन्ता गर्नुहुने आरती , देश किन बनेन ? किन समृद्ध हुन् सकेन ? भनेर निरन्तर सोचिरहेकी हुन्छिन् । नेपाल पुरै घर हो भन्ने भावना उनमा छ । उनले नेपालको हरेक कुना कुना का समस्याहरुलाई आफ्नो समस्या को रुपमा लिएकी छन् । गरिवहरुको पक्षमा निकै शसक्त भएर बोलेकी छिन् ।

देशको अवस्था हेरेर निकै चिन्तित बनेकी आरती समाजसेवा मा निकै सकृय छिन् । उनले आफु ले मिहिनेत गरेर कमाएको केही अंश समाजको लागि खर्च गर्दा फरक नपर्ने बताउन्छिन् । समाजसेवी रन्तिजा आरती खुल्ला विचार , मन र तर भएकी एक नारी हुन् । उनको सोच सुन्दर छ ।उनमा समाजसेवा गर्ने हुटहुटी छ । यो सकरात्मक पक्ष हो । उनको जय होस् । “Yes Nepal News” अनलाइनबाट लिएका छौ ।