शनिबार, भाद्र २५ गते ।

मकवानपुर । भीमफेदी गाउँपालिकामा विद्यालयको गेटले च्यापिएर एक विद्यार्थी गम्भीर घाइते भएकी छिन् । भीमफेदी गाउँपालिका ४ निबुवाटारमा रहेको बाराही माध्यमिक विद्यालयको फलामको गेट एक्कासी ढलेर च्यापिदा विद्यालयकी छात्रा गम्भीर घाइते भएकी हुन् ।

कक्षा १ मा अध्यययनरत ५ बर्षीया मालती पाख्रिन घाइते भएकी हुन् । पाख्रिनलाई विद्यालय छुट्टी भएर घर जाने क्रममा गेट ढलेर थिचेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । साथै गम्भीर अवस्थामा रहेकी उनको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागी भरतपुर रिफर गरिएका छन् ।