शनिबार, भदौ २५ गते ।

मकवानपुर । नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले आगामी चुनाव अघि नै नेपाल तरुण दलको केन्द्रीय समिति विस्तार हुने बताएका छन् । काभ्रेद्वारा आयोजित बृहत् तरुण भेलामा विशिष्ट अतिथिका रुपमा आफ्नो मन्तव्य राख्दै गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले देशैभरिका गठबन्धन उम्मेदवारहरूलाई जिताउन सक्रिय हुने पनि बताए । तरुण दल केन्द्रीय समिति विस्तार गर्न अन्तिम गृहकार्य भइरहेको समेत उनले जानकारी गराएका छन् ।

साथै गुरुङले माओवादी अध्यक्ष प्रचण्डलाइ पनि धन्यवाद दिए । माओवादी अध्यक्ष प्रचण्डको साथले नै आज केपि ओलिको दम्भ तोड्न सफल भएर नेपाली काँग्रेसको सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा देख्न पायौ र देशले मुहार फेरेको कुरा बताए । महिलाहरू जहिले पनि समानुपातिकमा मात्र अटाइँदै आएकामा अब प्रत्यक्षमा लड्नका लागि आँट गर्न समेत आह्वान गरे । तरुण दलले महिलाहरूलाई साथ दिने समेत उनको भनाइ थियो । 

त्यस्तै गुरुङले कार्यक्रमको प्रमुख अतिथी गृहमन्त्री बालकृष्ण खाडको अग्रसरमा सुरक्षाकर्मीहरुको मनोबल बढाउन धेरै राम्रा कार्यहरु गरेकोले बितेको स्थानिय निकायको निर्वाचनमा नेपाली काँग्रेसले धेरै मत ल्याउन सफल भएको बताए । भुमिहिनलाई लालपुर्जा दिलाउने कार्य यो सरकारबाट सुरुवात भएसकेको र काँग्रेसको मत बढाउन त्यस कार्यले उल्लेखनिय भुमिका खेलेकोमा वर्तमान सरकारलाई अध्यक्ष गुरुङले धन्यवाद समेत दिए ।