आइतबार, भदौ २६ गते ।

मकवानपुर । कांग्रेस युवा महिला नेतृ अन्जना उपाध्यायलाई आर्थिक नीति तथा योजना विभागको प्रमुखमा तोकिएको छ । मकवानपुर कांग्रेसले विधानको धारा ३७ को उपधारा २(२३) मा व्यवस्था भए अनुसार आर्थिक नीति तथा योजना विभागको प्रमुखमा उपाध्यायलाई मनोनित गरिएको हो । 

जिल्ला सभापति बुद्ध लामाले उपाध्यायलाई मनोनित गर्दै प्रत्येक महिनाको १० गते अनिवार्य बैठक बस्ने र १० जनाको सदस्य सहित ११ जनाको समिति बनाउन समेत आग्रह गरेका छन् । साथै आर्थिक वित्तिय र योजना क्षेत्रसँग सम्बन्धित तथ्याङ्कहरु संकलन गरि आवश्यक नीति र रणनीति बनाएर पार्टीको हितमा काम गर्ने विभाग प्रमुख उपाध्याको भनाइ छ ।