आइतबार, भाद्र २६ गते ।

मकवानपुर । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । यो पाली कांग्रेसको सर्वाधिक चर्चाको क्षेत्र भने मकवानपुरको प्रतिनिभिसभा क्षेत्र न: १ अन्तर्गतको प्रदेशसभा ‘ख’ हुने देखिन्छ ।

देशव्यापी गठबन्धनको चटारोले कांग्रेसले मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र न: १ र सोहि क्षेत्रको प्रदेशसभा ‘ख’ तथा प्रतिनिधिसभा क्षेत्र न: २ को प्रदेशसभा ‘ख’ मात्रै पाउने करिबकरिब निश्चित जस्तै छ । उक्त प्रतिनिधिसभा क्षेत्र न: १ मा महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रतिनिभिसभा क्षेत्र नंबर २ को ‘ख’ मा इन्द्रबहादुर बानियाँलाई पार्टीले टिकट दिने सम्भावना प्रबल छन् ।

कांग्रेस मकवानपुरलाई यो पटक उम्मेद्बारी मिलाउन हम्मेहम्मे भने क्षेत्र न: १ को ‘ख’ मा हुने देखिएको छ । यस प्रदेशसभाका लागि जिल्ला पार्टी सभापति बुद्ध लामा र पुर्व नगर सभापति आनन्दराम पराजुलीबिच कडा टक्कर देखिएको छ । लामाले सुरुमा प्रदेशसभा २ को ‘ख’ दाबी गरेका थिए । उक्त क्षेत्रमा बानीयाँ नै पुनः उम्मेद्बारी हुने देखिएपछि लामालाई १ को ‘ख’ बाट पार्टीले सिफासिर गरिएका छन् ।

हेर्दा सामान्य तर गम्भीर कुरा के छ भने झट्ट हेर्दा बुद्ध लामा र आनन्दराम पराजुलीबिचको लडाई देखिए पनि काँग्रेस मकवानपुरमा डिना र बानीयाँबिचको लडाई भन्ने बुझिन्छ । मकवानपुरमा एकछत्र राज गर्दै आएका बानियाँलाई डिनाले बाहेक अरु नेताले काउन्टर नै दिनसकेकै छैनन् । कांग्रेस मकवानपुर हुँदै अहिले बानियाँले बागमती प्रदेशलाई नै आफ्नो कब्जामा पारिसकेको मकवानपुरे पुराना काँग्रेस नेताले बताए ।

साथै दुबै जनाले आ-आफ्नो प्रतिष्ठालाई जोगाउनकै लागि भए पनि आफ्नो प्यानललाई टिकट दिलाउन शक्ति केन्द्रमा टिकटको लागि लबिङ गरिरहेको बताइन्छ ।