राक्सिराङ्गका युवा निर्देशक अशोक तामाङको “मायाको बात” छिट्टै बजारमा आउदै ।

आइतबार, भदौ २६ गते ।
मकवानपुर । राक्सिराङ्ग गाउँपालिका ३ का चर्चित युवा युवा निर्देशक अशोक तामाङले निर्देशन गर्नु भएको “मायाको बात” बोलको नयाँ गीत बजारमा छिट्टै आउदैँ छ । उक्त गीतको म्युजिक भिडियोको छायांकन सकिसकेको निर्माण पक्षले जनाएको छ ।
आवाज र संगित संजोक वाईबाको रहेको “मायाको बात”
गितलाई स्मृति मुक्तानले रचना गरेका हुन् भने सन्चु थोकरको छायांकन रहेको छ । साथै उक्त गितमा रामेश्वर लामा, लिलु लामा र राक्सिराङ्ग गाउँपालिका ३ का माणिकलाल बल (उदास) को अभियान देख्न सकिने छ ।
साथै अहिले हजारौं निर्देशक मध्ये म पनि एउटा भनेर आफुलाई चिनाउनको लागी निकै मेहनत गरिरहेको निर्देशक तामाङले बताए । यो गीतबाट पक्कै पनि लाखौं संगीत प्रेमी स्रोताहरुको मन मुटुमा बस्न सकु । र भोलिका दिनहरुमा यो भन्दा पनि अझै पृथक कोसेली बजारमा लिएर राक्सिराङ्ग गाउँपालिकालाई नै नेपालभर चिनाउन सकु भन्ने धोको रहेको बताए ।
त्यस्तै सम्पूर्ण संगीत प्रेमी स्रोताहरु माझ “मायाको बात” आधुनिक म्युजिक भिडियो यसै हप्ता सार्वजनिक हुने भएको छ ।