साङ्केतिक तस्बिर ।

सोमबार, भाद्र २७ गते ।

मकवानपुर । मकवानपुरको हेटौंडामा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिग्रेनीमा खुकुरी प्रहारबाट एक युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर घाइते हुनेमा स्थानीय २६ बर्षीय बिरन घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, घिसिङलाई घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा सोही स्थान बस्ने ३८ वर्षीय जन सागर ब्लोनले पुरानो रिसीबीको कारण एक्कासी खुकुरी प्रहार गरेका थिए ।

उनको हेटौडा हस्पिटलमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाडौं स्थित वि एण्ड वि अस्पताल रिफर गरिएको जनाइएको छ । खुकुरी प्रहार गर्ने जनसागरलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिइ लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।