मंगलबार, भाद्र २८ गते ।

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकी पुराना महिला नेतृ रिता खनाल नेपाली कांग्रेस (बिपी) मा प्रवेश गरेकी छन् । सोमबार काठमाडौंको एक पार्टी प्यालेसमा बसेको केन्द्रिय समितिको बैंककमा पार्टीका सभापति सुशीलमान शेरचन र वरिष्ठ उपसभापति कर्ण मल्लले नेतृ खनाललाई पार्टीको सदस्यता र खादाले स्वागत गरेका हुन् ।

उक्त बैठकमा नेतृ खनालसंगै नेपाली कांग्रेस, माओवादी र समाजवादी पार्टी परित्याग गरि दर्जनौं ब्यक्ति कांग्रेस (बिपी) मा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा नेपाल शिक्षक संघ प्युठानका पुर्व अध्यक्ष एवं पुर्व वडाअध्यक्ष बल बहादुर महतरा क्षेत्री, नेपाल समाजवादी पार्टी नेता सुरेन्द्र भट्टराई, नेपाल शिक्षक संघ कंचनपुरका पुर्व अध्यक्ष बाशुदेव भट्ट (शास्त्री), नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईका तत्कालीन स्वकिय सचिब देवाखर भट्टराई, मसालका नेता मोहनबिक्रम सिंहका भाई प्युठानका टेकेन्द्र बिक्रम सिंह, ट्रेड युनियन कांग्रेसका पुर्व उपाध्यक्ष आशा सिंह राठौर लगायतका रहेका छन् ।

साथै उक्त बैठकले रिता खनाललाई पार्टीको उपसभापति र कांग्रेस (बिपी) कंचनपुरका सभापती प्रकाश बहादुर सिंहलाई पार्टीको केन्द्रिय सदस्यमा मनोनित समेत गरेको छन् । बैठकमा पार्टीको चुनावी घोषणापत्र तयारीका बिषयमा समेत छलफल भएको हो । पार्टीका तर्फबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको बारेमा पनि छलफल भएको पार्टीका वरिष्ठ उपसभापति कर्ण मल्लले बताए ।