हेटौंडामा वेश्यावृत्ति बढ्दो, एक जना होटल संचालक पक्राउ ।

बुधबार, भदौ २९ गते ।
मकवानपुर । हेटौंडामा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले एक होटल संचालकलाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्क स्थित निहारिका होटलमा किशोरीहरुलाई यौन क्रियाकलापमा लगाउने गरेको भन्दै होटल संचालक ४० वर्षीय एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
मनहरी गाउँपालिका घर भएकी १९ वर्षीया एक किशोरीलाई भाडा माझ्ने काममा लगाइदिन्छु भनि ल्याएको र दैनिक यौनक्रियाकलाप लगाएको भन्दै उजुरी दिएपछि होटल संचालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलालाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उक्त होटलबाट अन्य किशोरीलाई पनि उद्दार गरिएको बुझिएको छ । हेटौंडा खबरबाट