मकवानपुरमा डेंगु आतंक, १३३१ जनामा डेंगु देखियो ।

बुधबार, भाद्र २९ गते ।
मकवानपुर । मकवानपुरमा १ हजार ३३१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार २४ घण्टामा १२४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमणका कारण हेटौंडामा एक जनाको मृत्यु भईसकेको छ । प्रकोपको रुप लिइरहेको डेंगुका विरामी मकवानपुरमा दिनप्रतिदिन बढी रहेका छन् ।
