फाइल तस्बिर ।

बिहीबार, भदौ ३० गते । 

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी अस्पतालमा पनि डेंगी परिक्षण सुरु हुने भएको छ । मनहरी अस्पताललाई पनि किट उपलब्ध गराएपछि परिक्षण सुरु हुने भएको हो ।

लामो समयदेखि किट अभावले अस्पतालमा डेंगी परिक्षण गर्न असमर्थ भइरहेको बेला मनहरी गाउँपालिकाको स्वास्थ्य शाखाले बिहिबार ८० थान डेंगी परिक्षण किट उपलब्ध गराएको अस्पतालका ल्याब टेक्निसियन सुरेश रायले बताए । उक्त किट प्रप्त भएसंगै एक जनामा परिक्षण गरिएको र डेंगी नेगेटिभ भएको उनको भनाइ छ ।

जमेको पानीमा फुल पार्ने डेंगी सार्ने लामखुट्टेल वर्षायाममा बढि सक्रिय हुने गर्दछ । मनहरी गाउँपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्नका लागि पानी जम्ने खाल्डाखुल्डी, टायर, फोहोर फाल्ने डस्टविन, बाल्टिहरुमा जमेका पानी फाल्ने काममा समेत सकृयता देखाईरहेको छ । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन ।

वर्षातको महिनासंगै जताततै पानी जम्न थालेपछी रोगको प्रकोप हुने गरेको पाइन्छ । स्वास्थ्य कार्यालय मकावनपुरले उपलब्ध गराएको तथ्यांक अनुसार मनहरीमा बिहिबार १ जनामा डेंगी संक्रमण देखा परेको छ । साथै पछिल्लो समय मनहरीमा पनि डेंगीको संक्रमण दिनानुदिन बढिरहेको छ ।