शुक्रबार, भदौ ३१ गते । 

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी बजार चाडबाड नजिकिएसंगै १ गते र १५ गते पनि खुल्ला रहने भएको छ । प्रत्येक महिनाको १ गते र १५ गते बन्द हुँदै आएको मनहरी बजार नहुने भएको हो ।

नेपालीहरुको महान चाड बडा दशै र दिपावली, छठ जस्ता चाडबाडलाई मध्यनजर गर्दै बजार बन्द नगर्ने भएको हो । मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले शुक्रबार एक सुचना जारी गर्दै चाडबाड लक्षित गरि बजार खुल्ला रहने जनाएको छ ।

साथै असोज १ देखि १४ गतेसम्म बजार बन्द हुने समयमा पनि खुल्ने व्यहोरा उक्त सूचनामा जारी गरिएको हो ।
यस्तो छ संघले जारी गरेको सूचना :