अछाम: पहिरो पीडितको उद्धारमा युद्ध स्तरले कार्य गर्न अछाम तरुण दललाई गुरुङको निर्देशन ।

शनिबार, असोज ०१ गते ।
मकवानपुर । नेपाल तरुण दलले गए रातिको अविरल वर्षातको कारण अछाम जिल्लाको कमल बजार नगरपालिका र ढकारी गाउँपालिका तुर्माखाद लगायतका स्थानहरुमा बाढी पहिरोले ठुलो मात्रामा जनधनको क्षति भएको दुःखद घटनाप्रती दु:ख व्यक्त गरेको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले परिपत्र जारी गर्दै यस्तो उल्लेख गरेका हुन् ।
बाढी–पहिरो र विपदमा परेका नागरिकको उद्धार तथा राहत वितरणमा जुट्न नेपाल तरुण दल अछाम जिल्ला समितिलाई शनिबार (आज) परिपत्रमार्फत निर्देशन दिएका हुन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन लगातार वर्षा हुने पूर्वानुमान गरेको छ ।
साथै प्राकृतिक विपत्तिको यस घटनामा परि हराईरहेका व्यक्तिहरुको तत्काल खोजी कार्य, घाइते एवंम विपत्तिमा परेका मानिसहरुको उद्धार र उचित व्यवस्थापनको मानविय सेवाको लागि युद्ध स्तरमा कार्य गर्न गुरुङले तरुण अछाम जिल्ला कार्यसमितिलाई निर्देशन दिएको हो ।
यस्तो छ परिपत्र :
