शनिबार, असोज ०१ गते ।

मकवानपुर । अछाम पहिरो पिडित परिवारलाई इशा गुरुङ र सुनिता गुरूङद्वारा ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर र देविन्द्र सञ्जेलको समन्वयमा युके र इजरायलमा रहनु हुने समाजसेवीहरु इशा गुरुङ, सुनिता गुरुङ, देवेन्द्र गाैतम, नेत्र वस्नेत लगायतले अछाम पहिरो पिडित परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।

गए राती राति अभिरल वर्षासंगै आएको पहिरोले अछाम जिल्ला ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले दर्जनौंको घरपरिवारलाई क्षति पुर्‍याएका छन् । उक्त पहिरो पिडित परिवारहरूका लागि सामाजिक अभियान्ता लक्ष्मी बोगटीको समन्वयमा विदेशमा रहनु हुने नेपाली समाजसेवीहरुले ५० हजार नगरद सहयोग गरेको हो ।