शनिबार, असोज ०१ गते ।

मकवानपुर । अछाम पहिरो पिडितको लागी बस्नेत परिवारमार्फत २५ हजार आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर र देविन्द्र सञ्जेलको समन्वयमा बेलायत रहनु हुने बस्नेत परिवार नेत्र बस्नेत र गिता बस्नेतले अछाम पहिरो पिडित परिवारलाई २५ हजार आर्थिक सहयोग गरेको हो ।

गए राती राति अभिरल वर्षासंगै आएको पहिरोले अछाम जिल्ला ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले दर्जनौंको घरपरिवारलाई क्षति पुर्‍याएका छन् । उक्त पहिरो पिडित परिवारहरूका लागि सामाजिक अभियान्ता लक्ष्मी बोगटीको समन्वयमा बस्नेत परिवारले जानकारी पाएपछि उनिहरुले २५ हजार नगद सहयोग गरेका हुन् ।