शनिबार, असोज ०१ गते ।

मकवानपुर । अछाम पहिरो पिडितको लागी सिमा श्रेष्ठमार्फत १० हजार आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर र देविन्द्र सञ्जेलको समन्वयमा इजरायल रहनु हुने सिमा श्रेष्ठले अछाम पहिरो पिडित परिवारलाई १० हजार ब्यक्तिगत आर्थिक सहयोग गरेको हो ।

गए राती राति अभिरल वर्षासंगै आएको पहिरोले अछाम जिल्ला ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले दर्जनौंको घरपरिवारलाई क्षति पुर्‍याएका छन् । उक्त पहिरो पिडित परिवारहरूका लागि सामाजिक अभियान्ता लक्ष्मी बोगटीको समन्वयमा श्रेष्ठले जानकारी पाएपछि समाजसेवी श्रेष्ठले १० हजार नगद सहयोग गरेका हुन् ।