अछाम पहिरो पिडितलाई रन्तिजा, लिम्बू र गुरुङको ५० हजार आर्थिक सहयोग ।

शनिबार, असोज ०१ गते ।
मकवानपुर । अछाम पहिरो पिडितको लागी Jhuchu Li Grg, अनिता अन्छाङबो लिम्बू र आरती रन्तिजामार्फत ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक अभियान्ता लक्ष्मी बोगटी कुँवर र देविन्द्र सञ्जेलको समन्वयमा हङकङ रहनु हुने Jhuchu Li Grg, अनिता अन्छाङबो लिम्बु र आरती रन्तिजाले अछाम पहिरो पिडित परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको हो ।
गए राती राति अभिरल वर्षासंगै आएको पहिरोले अछाम जिल्ला ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोले दर्जनौंको घरपरिवारलाई क्षति पुर्याएका छन् । उक्त पहिरो पिडित परिवारहरूका लागि सामाजिक अभियान्ता लक्ष्मी बोगटीको समन्वयमा समाजसेवीहरु Jhuchu Li Grg, अनिता अन्छाङबो लिम्बू र आरती रन्तिजाले जानकारी पाएपछि ५० हजार नगद सहयोग गरेका हुन् ।