✍️ रमेश बन्जारा
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ चिसापानीमा रहेको जनप्रिय माध्यामिक विद्यालय तथा प्राविधिक शिक्षालयमा कार्यरत रहेका हेडसर नबराज अर्याललाई बिद्यालयमा आर्थिक अनियमितता गरेको भन्दै बिद्यालय ब्यबस्थापन समितिले बर्खास्त गरेको छ । २०७३ साल देखि उक्त बिद्यालयमा कार्यरत हेडसर नवराज अर्याललाई बिद्यालय ब्यबस्थापन समितिको बहुमत सदस्यको बैठक बाट निर्णय गरि बिद्यालयका सल्लाहकारहरुको सहमतिमा बर्खास्त गरिएको हो ।

मकवानपुरको पहिलो प्राबिधिक शिक्षालयको रुपमा देशै भर नाम कमाउदै आएको उक्त बिद्यालयमा पछिल्लो समय प्रध्यानाध्यापकको लापरवाहिका कारण बिद्यालय बदनाम हुदै गएको स्थानीयले आरोप लगाएका छन ।  कुनै बेला बिद्यालयको हाताभित्र राखिएको राष्ट्रिय झण्डा समेत चेञ्ज नगरी लापरवाही तरिकाले राष्ट्रको नै ब्यजत गरेको आरोप लागेका हेडसरले त्यस पछिका दिन आम बिद्यालयमा आर्थिक अपचलन गर्ने, नियमित बिद्यालयमा उपस्त्थित नहुने, बिद्यालयको शैक्षिक गुणस्तरमा  कमजोर परिणाम आउने जस्ता काम भए पछि अभिभाबकहरुबाट नै हेडसर फेर्न दबाब आउने गरेको भए पनि हेडसर सच्चिने बाताबरण बन्न सक्ने भन्दै सचेत गराए पनि हेडसर अर्याल बिद्यालयको शैक्षिक सुधार भन्दा पनि कसरि कुन शिर्षकमा पैसा कमाउन सकिन्छ नितिगत भस्ट्राचार कसरि गर्न सकिन्छ भन्ने ध्याउन्नमा लागे पछी अबिभाबहरुको दबाबमा बिद्यालय ब्यबस्थापन समितिका सल्लाकारहरुको सुझाबमा अर्याललाइ बर्खास्त गरिएको बिद्यालय ब्यबस्तापन समितिको भनाइ रहेको छ ।

बिद्यालय ब्यबस्थापन समितिले पटक पटक हेडसरलाइ सचेत गराउने कार्य गर्दा पनि उनले अटेर गर्ने मनोमानी गर्ने विद्यालयको हिसाब किताब नबुजाउने जस्ता कार्य गर्दै आएको आरोप अर्यालमाथि लागेको छ । बर्खास्त गरिएका हेडसरले बिद्यालयमा अध्यन गर्ने बिद्यर्थीको लागि मगाइएको पोसाकमा समेत पोसाक नल्याई रकम भुक्तानी गरि आर्थिक अनियमितता गरेका थिए । उनले त्यति मात्र होइन उक्त बिद्यालयमा अध्यनरत बिद्यर्थीलाइ भनसुनको आधारमा कक्षा चडाएर भर्ना गर्ने गरेको रहस्य पनि बाहिरिएको छ । कक्षा ४ मा अध्यनरत विद्यार्थीलाइ उनले एकै पटक कक्षा ६ मा भर्ना गराएको समेत खुल्न आएको छ ।

शैक्षिक नीति अनुरुप यस्तो कार्य गर्न नहुने उल्लेख गरेको भए पनि बर्खास्त गरिएका हेडसरले प्रभाबमा परि यस्तो कार्य गर्ने गरेको बिद्यार्थीको गुनासो रहेको छ । बिद्यर्थीहरु भन्छन हेडसरले हाम्रो स्कुलमा पढने कतिलाई कक्षा बढाएर भर्ना गराउनु भएको छ । बर्खास्तमा परेका हेडसरले बिद्यालयमा शिक्षक पदपूर्ति गर्दा सरुवा गर्दा समेत आर्थिक अपचलन गर्ने गरेको रहस्य समेत बाहिरिएको छ । बिद्यालयले बर्खास्त गरेका अर्यालले आर्थिक अपचलन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पटक पटक उनि सित छानबिन गरि रहेको छ । 

बिद्यालयमा पढाउने काम भन्दा पनि विद्यालयको आर्थिक अनियमितता गरि विद्यालयको नाम बदनाम गराउन खोजेको आरोप समेत अभिभाबकले उनि माथि लगाउदै आएका छन । हेटौडा उपमहानगर पालिका १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाले बिद्यालयमा हजारौ विद्यार्थीको भबिष्य जोडिएको हुन्छ ।  विद्यालयको शैक्षिक गुणस्थर उकास्न स्थानियतहले आबस्यक सहकार्य गरि रहेको छ तर यहा विद्यालयको नै बदनाम हुने गरि काम गर्न थालेपछि विद्यार्थीको भबिस्यलाइ मध्ये नजर गरि त्यस्ता व्यक्ति र त्यो सस्कारको अन्त्य गर्नु पर्छ र त्यस्ता व्यक्ति जो कोहि भए  पनि स्थानियतहरुले टुलुटुलु हेरेर नबस्ने भएका कारण को बाहिरियो को भित्रियो भन्दा पनि आम बिद्यार्थीले सहज र सर्वशुलभ तरिकाले अध्यान गर्न पाउनु पर्ने बिद्यालयको नाम बदनाम गर्ने जो कोहिलाइ पनि छुट नहुने बताए । 

यता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश खतिवडा भन्छन पुर्व हेडसरलाइ हामिले पटक पटक विद्यालयको हिसाब किताब के हो बिद्यालयमा विद्यार्थीको लागि भनिएको ट्रयाक सुटको कुरा के हो बिल एकातिर हिसाब अर्को तिर देखियो समान किन आउन सकेन भनि सोध्दा उनिले न समान दिन सके न कुनै प्रतिक्रिया नै । बिद्यालय ब्यबस्थापन समितिलाइ नै जानकारी नगराई  मानोमानि तरिकाले आफुलाई फाइदा हुने काम मात्र गरेको र अबिभाबकबाट पनि पटक पटक उनको गुनासो आएका कारण उनलाई नियम सगत बर्खास्ती गरिएको बताए । यता बर्खास्तीमा परेका हेडसरले गरेका अर्थिक अपचलनका कुराहरु अब अभिभावकले खोज्ने भएका छन ।  बिद्यालयको बदनाम भै रहेको बेला ब्यबस्थापन समितिले एकाएक नबराज  अर्याललाइ बर्खास्त गरे पछि विद्यार्थी तथा अबिभाबकमा खुसियाली छाएको छ ।