फाईल तस्वीर ।

सोमबार, असोज ०३ गते ।

मकवानपुर । संविधान दिवस २०७९ को अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको आइतबार बसेको बैठकको निर्णय अनुसार भीमफेदी कारागारमा सजाय कटाईरहेका २३ जना कैदीलाई माफी मिनाह र दुई जनालाई आम माफी गरिएको छ । कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरिसकेका र असल आचारण भएका २३ जना कैदीबन्दीलाई माफी गरिएको भीमफेदी कारागारका जेलर शाखा अधिकृत मदन लामा थिङले बताए ।

तोकिएको कैद सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जना र ४० प्रतिशत कैद भुुक्तान गरिसकेका असल आचारण भएका ९ जनाको गरी २५ जनाको नाम सिफारिस गरेकोमा २३ जना छुट्ने चिठी आएको उनले बताए । यस्तै, भीमफेदी कारागारका दुई जना कैदीबन्दीले आम माफी पाएका छन् । असल आचारण भएका र कैद भुक्तान पुरा हुन केही समय बाँकी रहेको दुई जनालाई आम माफी गरिएको छ । मन्त्रि परिषद्को भदौ ३१ को निर्णय अनुसार आज सोमबारदेखि लागु हुने गरी आममाफी दिइएको हो ।