मंगलबार, असोज ०४ गते ।
वास्तविक कथा !
पारिवारिक विखण्डनको कारण गिता (नाम परिवर्तन) आफ्नो बाल्यकालको महत्वपुर्ण समय काठमाडौंमा रहेको होस्टेलमा बिताउन बाध्य भएकी थिइन । गिताको आमाले हरि नाम गरेको युवकसग प्रेम बिबाह गरेका थिए । विवाह पछिको केही समय सम्बन्ध एकदम सुमधुर चलिरहेको थियो । जब दोस्रो सन्तान छोरो जन्माइन उनिहरुको सम्बन्धमा चिसोपना आउन लाग्यो । श्रीमान श्रीमतीबिच जति नै नराम्रो सम्बन्ध भए पनि आफ्नो श्रीमानको व्यहारमा एकदिन त परिवर्तन आउला नि भन्दै उनले हरेक पिडाहरु आफैसग लुकाएर राख्न थालिन । दिनप्रती दिन उनको हालत झन झन बिग्रिदै गयो । दैनिक श्रीमानको कुटाइ सहिरहेकी एकदिन एक्कासी घाँटी थिचेर मार्दिन्छु भनेर धम्की दिदै कुटे । त्यसपछी उनले हिम्मत जुटाएर आफ्नो मृत्यु भएमा आफ्नो सानो-सानो कलिलो छोराछोरिको बिजोग हुने सम्झेर आफ्नो छोराछोरिको लागि बाच्ने प्रण गरिन । त्यसपश्चात उनी आफ्नो माइती घरको आश्रय लिन आइपुगिन । छोरीको अवस्था देखेर हजुरआमाले नातिनी, नाति र छोरीलाई संगै राख्ने निर्णय गरे ।

यसरी दिनहरु बित्दै जादा परिवारको अवस्था पनि खासै राम्रो नभएको कारण उनलाई अब आफ्नो छोराछोरी कसरी पढाउने भन्ने पिर परिरहेको थियो । कामको खोजी गरिन तर उनले कतै काम पनि पाइनन । अन्तत उनको आफ्नो दिदीले काठमाडौमा आफ्नो घर नजिक एक होस्टेल भएको १० सम्म पढाइदिने र नि: शुल्क सम्पुर्ण खाना र बस्न दिने भन्ने कुराको जानकारी प्राप्त गर्छिन । जानकारी प्राप्त गरेपछी उनले आफ्नो काखमा हुर्काउने रहर हुदाहुदै पनि राम्रो शिक्षा र खानाको लागि गितालाई होस्टेलमा भर्ना गरिदिन्छ । भर्ना गरेको कति समयसम्म उनलाई गिताको याद आइरहन्छ ।

कामको लागि भौतारिदै गर्दा गिता बसिरहेको होस्टलमा नै बालबालिकाहरुको लागि खाना बनाउने र सरसफाइ गर्ने काम पाउछिन । उनले मासिक रु १५०० मा काम गर्न थालिन । जुन एकदम न्युन तलब थियो । काधमा जिम्मेवारी धेरै तर कमाइ कम भएको कारण उनले अरु विकल्पहरुको खोजी गर्न थालिन । काम खोज्दै जादा उनले आफ्नो छोराछोरीको भविस्य बनाउनको लागि विदेशिने विचार गरिन र बिदेश पुगिन । यहाँ आउनु अघि उनले आफ्नो छोराछोरिको लागि राम्रो शिक्षा र खानाको लागि राम्रो कमाइ गर्ने उनिहरुको सपना पूरा गर्ने सपनाहरु आँखामा सजाएकी हुन्छिन । तर सोचे भन्दा फरक पाउछ । तर छोराछोरीको बिजोक सम्झेर छोराछोरिको लागि गर्नुपर्छ भन्ने सोचेले उनले त्यो गाह्रो काम गर्न सम्झौत गर्न तयार हुन्छिन ।

यसरी एकदिन एक्कासी गिता बस्ने होस्टेलको एक जना बाबू होस्टेलबाट वेपता हुन्छ । बावुको अभिभावकले आतिदै गिताको हजुरआमालाइ फोन गर्दै आफ्नो छोरो हराएकोले खोज्नको लागि आग्रह गर्दछ । यसरि धेरै जना मिलेर खोजतलाशपछि बालक अचेत अवस्थामा फेला पर्छ । धेरै सोधपुछ गर्दा होस्टेलमा शौचालय जादा आफुलाई तर्साएको कारण भागेको बताए । यो कुरा गिताको आमाले पनि थाहा पाउछिन । यसरी तर्साउने बिरामी हुदा पनि राम्रोसग हेरचाह नगर्ने सुनेपछी उनले आफुले होस्टेलमा राखेर गल्ती गरेको महशुल गर्छिन ।

शिक्षाको लागि जिन्दगी नै सुरक्षित छैन भने त्यो शिक्षाको महत्व छैन । पहिला सुरक्षा नै ठूलो कुरा भएको कारण उनले आफ्नो छोरीलाई जोखिमबाट बचाउनको निम्ति बरु जस्तोसुकै अवस्था भए पनी परिवारमा नै फर्काउने निर्णय गर्छिन । डेढ वर्षपछिको बसाईपछि गितााले पुन परिवारमा नै फर्किने अवसर प्राप्त गर्छिन । होस्टेलबाट फर्किएपछि उनको केही कुरामा परिवर्तन भएको पाए । जस्तो परिवारमा घुलमिल हुन नखोज्ने, एकोहोरो हुने र अलि सुस्त (कान नसुन्ने जस्तो एक पल्ट बोलाउदा नसुन्ने) । परिवारमा फर्किएपछी उनको परिवारमा फेरि शिक्षाको लागि उनी बिछोड हुने सम्भावना प्रशस्त थियो ।

तर यसै बिचमा गिता बस्ने गाउँमा बालबालिकाको क्षेत्रमा काम गर्ने सस्थाले आयोजना गरेको कार्यक्रममा गिताको हजुरआमा जानू भयो । जब पारिवारिक स्याहार र सस्थागत स्याहारमा हुर्किदाको फरक र बालबालिकामा पर्ने नकारात्मक असरहरुको सम्बन्धमा बताए पछि उनले त्यस्ता केही असरहरु गितामा पनि पाइएको बताए । त्यसपछी आफ्नो नातिनिको जिम्मा लिइ आफूसगै राखेर पढाउने र बढाउने बताइन । तर आर्थिक अवस्था कमजोर भएको कारण शैक्षिक सहयोगको लागि आग्रह गरिन । पारिवारिक लेखाजोखाको आधारमा सुरक्षित परिवार एकिकरणका लागि शैक्षिक र खाजा खर्च प्रदान गर्नु पर्ने देखियो । किनकि बालिकाको विद्यालय घरदेखी २ घण्टा हिडेर आई पुनः म्याजिक चढेर जानु पर्ने थियो ।

उनी अहिले मावली हजुरआमाको परिवारमा बसेर कक्षा ३ मा अध्ययनरन छिन । बिस्तारै उनी परिवारमा घुलमिल हुन थालिन । आजभोली उनी बिस्तार आफ्नो आमासँग भिडियो कलमार्फत बोल्ने गरेकी छिन । आफ्नो भाई दिदीहरुसग खेल्ने र रमाउने मौका पाएकी छिन । विद्यालयमा नियमित जाने गरेकी छिन । जुन उनले आफ्नो बाल्यकालको केही समय गुमाउनु परेको थियो । सहयोगी संस्थाको विभिन्न अनुगमनको क्रममा बालिकालाई सिकाएको कुराहरु सिक्ने गरेको पाइयो । कक्षामा पनि आजभोलि नजानेको कुराहरु सोध्ने गरेको पाइयो ।

यसरी एउटा होस्टेलमा गर्ने सहयोग ती बालबालिकाको परिवारमा गर्न सके परिवार देखि कुनै पनि बालबालिका टाढा हुनु पर्दैन । बालबालिकालाई परिवारको माया र न्यानो काखको आवश्यकता छ । गुणस्तर शिक्षाको बहानामा बालबालिकाको परिवारमा हुर्कन पाउने अधिकार बन्देज नगरौ । परिचित वा अपरिचित कुनै पनि व्यक्तिको झुटो आश्वासनमा नपरौ ।

यो सानो कथा एउटा उदारण मात्रै हो । हाम्रो आफ्नै विकट राक्सिराङ्ग, कैलास, मनहरी गाउँपालिका लगायत अन्य ठाँउबाट कति बालबालिकाहरु गुणस्तरीय शिक्षाको लागि वा अन्य व्यक्तिको झुटो प्रलोभनमा परि पारिवारिक विछोडमा छन । बुढेसकालको सहारा छोराछोरीलाई अहिले जति टाढा गर्छौ त्यति नै भावनात्मक दुरि बढदै जान्छ । त्यसैले बुढेसकालमा आवस्यक लौरी बलियो बनाउने कि कमजोर बनाउने हामी अभिभावकको नै हातमा छ । धन्यवाद ।
✍️ अस्मिता लामा (हेटौंडा)