ज्ञापनपत्र बुझाउदै नेपाल शिक्षक महासंघ राक्सिराङ्गका अध्यक्ष मिथुन रुम्बाको टोलि ।

बुधबार, असोज ०५ गते ।

मकवानपुर । नेपाल शिक्षक महासंघ राक्सिराङ्गले बुधबार ज्ञापनपत्र बुझाएको छ । शिक्षकहरुले पाउदै आएको ४५ दिने बिदाको माग गर्दै राक्सिराङ्ग गाउँपालिकाको शिक्षा शाखाका प्राबिधिक सहायक पासाङ्ग लामा बललाई भेटेर ज्ञापनपत्र बुझाइएको हो ।

शिक्षा नियमावली परिच्छेद १५ को नियम ८५ उपनियम ३ वमोजिम एक शैक्षिक सत्रमा बर्षे विदा र हिउँदे विदा गरी ४५ दिन पाउनु पर्ने माग शिक्षकहरुको छ । साउन र भदौ महिनामा जम्मा ३३ दिन मात्रै विदा गरिएको र अब बाँकी रहेको १२ दिन दशैं र तिहार तथा छठ पर्वसम्म विदा मिलान हुने गरी आवश्यक ब्यबस्थापन गराउन आज गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष मिथुन रुम्बाले बताए ।

साथै नेपाल शिक्षक महासंघ राक्सिराङ्गको अगुवाइमा उक्त ज्ञापनपत्र बुझाएका हुन् । महासंघ राक्सिराङ्गका अध्यक्ष मिथुन रुम्बाको नेतृत्वमा जम्बो टोलि सहित ज्ञापनपत्र बुझाएको हो ।
यस्तो छ ज्ञापनपत्र :