तस्वीर : दिपेन्द्र पोखरेल ।

बिहिवार, असोज ०६ गते ।

मकवानपुर । राष्ट्रपतिको असंबैधानिक कदम विरुद्ध सरकारमा सहभागी गठवन्धन दलका युवा संगठनहरुले संयुक्त बिरोध प्रदर्शन गरेका छन् । उक्त बिरोध र्‍यालीको कोण सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले फेरि पनि हाम्रो मुलुकप्रति षडयन्त्र हुन थालेको र हाम्रो संविधानमाथी प्रहार हुन थालेको बताउनुभयो ।

उक्त कार्यक्रममा अध्यक्ष गुरुङले संविधानले राष्ट्रपतिलाई मुलुकको संरक्षकको रुपमा राखेको कुरा अवगत गराउदै जुन दिनदेखि राष्ट्रले बिद्या भण्डारीलाई राष्ट्रपतिको रुपमा पाए त्यो दिनदेखी नै शंका र त्राश फैलिएको कुरा बताउनुभयो । गुरुङले लोकतान्त्रिक जन आन्दोलनमा सगै सहकार्य गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेसग कुनै असम्झदारी नभएको तर उक्त पार्टिको अध्यक्ष केपि ओलिको कारण राष्ट्रपतिले दुई तिहाइले पारित भएको नागरिक बिधेयक प्रमाणीकरण नगरी फिर्ता गर्ने बातावरण सिर्जना भएको आरोप लगाउनु भयो ।

साथै आउदो मंसिर ४ गतेको चुनावमा आफ्नो दल पराजित हुने निश्चित भएको बुझेरै राष्ट्रपतिको सहारा लिएर देशलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै खण्डन गर्नु भयो । फेरि पनि सम्पुर्ण लोकतान्त्रिक शक्ति एक भएर देशलाई बचाउनु पर्ने कुरा राख्दै गुरुङले सम्पुर्ण गठवन्धन दलको युवा संगठन, पत्रकार एवम् जुझारु युवाहरुलाई कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद पनि व्यक्त गर्नु भएका थिए ।