फुटबल क्लब मनहरी (FC) मनहरीको आयोजनामा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुँदै ।

बिहिवार, असोज ०६ गते ।
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ मा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । फुटबल क्लब मनहरी (FC) मनहरी ७ को आयोजनामा शुभ दिपावली– २०७९ को उपलक्ष्यमा प्रतियोगिता हुन लागेको हो ।
असोज २५ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि टिम दर्ता सुरु गरिएको आयोजकले जनाएको छ । साथै इच्छुक फुटबल टिमहरुलाई दर्ता गराउन आयोजकले आग्रह समेत गरेको छ । त्यस्तै उक्त प्रतियोगिता मनहरी गाउँपालिका ७ रमौली क्षेत्रीय रंगशालाको खेल मैदानमा हुने क्लबका अध्यक्ष सुशील तामाङले बताए ।
स्थानीय स्तर र जिल्लामा पनि हुने विभिन्न खेलकुद प्रतियोगिताहरुमा सक्रिय रहदै आएको क्लबले मनहरी गाउँपालिकामा हुने विभिन्न प्रतियोगितामा पनि व्यापक सहभागिता जनाउँदै आईरहेको छ । क्लबका अध्यक्ष तामाङले यो फुटबल प्रतियोगीता मनहरी ७ को मात्रै नभई सिङ्गो गाउँपालिकाकै प्रतिष्ठासँग जोडिएको बताए । उनले फुटबललाई युवा पुस्ताले संरक्षण र प्रबर्द्धन गर्नमा अहम् भुमिका खेलोस् भन्ने हेतुले यो प्रतियोगिता गर्न लागेको जानकारी गराए । साथै फुटबल खेलमा अहिलेको युवा बर्गले निक्कै चासो दिदै आईरहेकोले पनि उनिहरुलाई हौसला मिलोस् र क्लबले फुटबल खेलको जगेर्ना गर्न सकिन्छ कि भनेर “स्वास्थ्य, अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ प्रतियोगिता गर्न खोजेको बताए ।
साथै क्लबका उपाध्यक्ष पुस्कल मुक्तानका अनुसार दर्ता गर्ने अन्तिम मिति यही असोज २२ गते दिउँसो २ बजेसम्म रहेको छ । दर्ता शुल्क रु ७५०० रहेको छ । खुल्ला नकआउट फुटबल प्रतियोगिताको विजेताले उपाधी सहित रु, १००,१००/- नगद पुरस्कार र सिल मेडल प्रमाणपत्र पाउने छ भने उपविजेताले रु, ५०,०५०/- नगद पुरस्कार र सिल मेडल प्रमाणपत्र पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडी, टप स्कोरर, बेस्ट गोल किप्परलाई आकर्षक उपहारसहित मेडल प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष मुक्तानले बताए ।
पछिल्लो २ वर्ष कोरोना माहामारीका कारण कुनै पनि खेल हुन नसकेको बेला खुल्ला नकआउट फुटबल प्रतियोगिता फुटबल क्लब मनहरी (FC) मनहरीले शुभ दिपावलीको सम्मुखमा आयोजना गर्न लागेको हो । प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरको रुपमा परदेश अनलाइन डटकम रहेको छ ।