शुक्रबार, असोज ०७ गते ।

मकवानपुर । राक्सिराङ्ग गाउँपालिका ३ का चर्चित युवा युवा निर्देशक अशोक तामाङले निर्देशन गर्नु भएको “मायाको बात” बोलको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । गायक एवम् संगितकार संजोक वाईबाको नयाँ गीतको म्युजिक भिडियो आज सार्बजनिक भएको हो ।

उक्त म्युजिक भिडियोलाई सन्चु थोकरले छायांकन गरेका हुन् भने स्मृति मुक्तानको शब्द रहेको छ । त्यस्तै म्युजिक भिडियोलाई राक्सिराङ्गका निर्देशक अशोक तामाङले निर्देशन गर्नु भएकाे हाे । साथै उक्त सार्बजनिक म्युजिक भिडियोमा मोडल रामेश्वर लामा, लिलु लामा र राक्सिराङ्ग गाउँपालिका ३ का माणिकलाल बल (उदास) लाई फिचर्ड गरिएको छ ।
यस्तो छ म्युजिक भिडियो :