बुधबार, असोज १२ गते ।

मकवानपुर । प्रेस सेन्टर नेपाल मनहरीले मैत्रिपुर्ण फुटबल खेल तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बडा दशैको पावन अवसरमा यहि असोज १५ गते मैत्रिपुर्ण खेल तथा शुभकामना आयोजना गर्न लागिएको हो ।

पश्चिम मकवानपुरमा क्रियशिल पत्रकार र मनहरी र राक्सिराङका जनप्रतिनिधिहरु विच मैत्रिभाव उत्पन्न होस भन्दै खेलको आयोजना गर्न लागेको प्रेस सेन्टर नेपाल मनहरीका अध्यक्ष जयराम मुक्तानले जानकारी दिए ।
खेल मनहरी ७ रमौलीमा रहेको प्रस्तावित मदन भण्डारी रंगशालामा बिहान ८ बजे हुने जनाएको छ ।

पछिल्लो समय युवापुस्ता फुटबल खेलमा बढ्दै गएको आकार्षणलाई प्रवर्दन र मनहरीको परिचय  मदन भण्डारी रंगशालाको प्रचार –प्रसारमा सहयोग पुरयाउने उद्धेश्यले खेलको आयोजना गरिएको अध्यक्ष मुक्तानले बताए ।