तस्वीर : दिपा बल ।

बुधबार, असोज १२ गते ।

मकवानपुर । बिश्व पर्यटन दिवसको अवसर पारेर पालुङ जेसिजले थाहा नगरको पर्यटकीय क्षेत्र सिमभन्ज्याङमा पर्यटकिय सूचना बोर्ड राखेको छ । पालुङ जेसिजले सेप्टेम्बर २७ मा एक कार्यक्रमको आयोजना गरि थाहा नगरपालिकामा अबस्थित मुख्य धार्मिक तथा पर्यटक क्षेत्रको तस्बिर अंकित सुचना बोर्ड २४ सय ८८ मिटरको उचाईमा उक्त बोर्ड राखेको हो ।

पालुङ जेसिज बर्ष २०२२ को अध्यक्ष जयराम खत्रीको उपस्तिथि तथा जेसिज बर्ष २०२२ का पर्यटन शाखा संयोजक रविन खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जेसिज बर्ष २०२० का अध्यक्ष तथा २०२२ का शाखा निर्देशक मनोज रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी रायमाझीले नगरको मुल नारा नै पर्यटन भएपनी आज बिश्व पर्यटन दिवसको अवसरमा थाहा नगरपालिकाले कुनै औपचारिक कार्यक्रम नराखेकोमा दुख व्यक्त गर्दै थाहा नगरको समृद्धिको आधार पर्यटन भन्ने नारा ,नारामा मात्र सिमित नराख्न नगरका नेतृत्वलाई पालुङ जेसिजको यस्तो खाले कार्यक्रमले झकझकाउने बिश्वास ब्यक्त गरे ।

साथै उक्त कार्यक्रमको अवसरमा पालुङ जेसिजका महासचिव निरज रायमाझी लगायय जेसिजहरु बिक्रम गोपाली, अनिता बिष्ट, अन्जय प्रधान, संगम कार्की, बिस्मिता गोपाली, दिपा वल, मानसिं दोङ, संजय गोपालीको उपस्थित रहेको थियो ।