मकवानपुर पनि सबभन्दा बढी डेंगी फैलिएको सुचीमा ।

बुधबार, असोज १२ गते ।
मकवानपुर । नेपालमा अहिले डेंगीको प्रकोप बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २५ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ । ७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, मकवानपुर, दाङ, भक्तपुर, धादिङ, रूपन्देही, गुल्मी, चितवन र कैलाली गरी १८ हजार १ सय ६५ जना संक्रमित छन् । जुन ८६ प्रतिशत भन्दा बढी हो । तीमध्ये काठमाडौंमा ८१३२, ललितपुरमा ४३७७, मकवानपुरमा १७१७, दाङमा १२५२ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो तथ्यांक अनुसार डेंगीबाट ३२ जनाको मृत्यु भएको छ । गत ४ हप्तामा २१ हजार भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ ।