शनिबार, असोज १५ गते ।

मकवानपुर । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङले बडा दशैको शुभकामना व्यक्त गरेका छन् । गुरुङले जारी गरेको उक्त शुभकामना सन्देशमा यसरी सन्देश उल्लेख गरेका छन् ।

“खराबमाथि राम्रोको जित र देवी दुर्गाको विजयलाई प्रतिनिधित्व गर्न दशैको चाड मनाइन्छ । हरेक पीडाहरु भुलेर रमणीय बातावरणमा मनाइने यो चाड हिन्दुहरुको सबैभन्दा महत्त्वपूर्ण चाड हो । परापुर्वकाल देखि नै असत्यमाथी सत्यको जितको प्रत्याभुती गर्ने यस पर्वले सबैमा भाइचारा वृद्धि गराओस् र एकताको सुत्रमा देश बाधियोस् भन्ने कामना गर्दछु ।

साथै यस पावन अवसरमा राष्ट्रको बृहत्तर हितको लागि सम्पुर्ण नेपालिहरु एक हुनु पर्ने र पारस्परिक भावना राखी देश र जनताको हक हितको लागि लड्न सदैव प्रेरणा मिलि राखोस् भन्ने कामना गर्दछु । भन्दै शुभ बिजयादशमी २०७९ को अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुमा अध्यक्ष गुरुङले शुभकामना व्यक्त गरेका छन् ।”