शनिबार, असोज २२ गते ।

मकवानपुर । नेकपा माओवादीका युवा नेता खुशीलाल चेपाङ प्रजाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । चेपाङ मकवानपुर प्रतिनिधिसभा २ को “ख” बाट समानुपातिक प्रदेशसभा सदस्यको उम्मेदवार हुने दौडमा थिए । तर पार्टी नेतृत्वले उनलाई सधैं छकाउने र झुलाउने कार्य मात्रै गरेको भन्दै चेपाङले पार्टी भित्रै बिद्रोह गरेका हुन् ।

नेकपा माओवादी केन्द्र जिल्ला सदस्य एवम् नेपाल चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष समेत रहेका चेपाङले प्रतिनिधिसभा २ को “ख” मा स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को तामाङ र चेपाङ लगायत अन्य अरु कोहि पनि उम्मेदवार छैनन् । जिल्ला तहका पार्टी नेतृत्वले समावेशीताको खिल्ली उडाएको र सधैं आफ्नो स्वार्थमा मात्रै लिप्त भएको देखेरै आफुले स्वतन्त्र उम्मेद्बारी घोषणा गरेको बताए । अझ बाहिरबाट ल्याएर उम्मेदवार खडा गरेपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएको हुँ’, चेपाङले परदेश अनलाइनसँग भने । साथै उनले उम्मेदवारी कुनै पनि दबाबमा आएर फिर्ता नलिने पनि बताए ।

साथै आफूले नेकपा माओवादी केन्द्रको जिल्ला सदस्यताबाट भने राजीनामा दिइनसकेको उनले बताए । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भने । त्यस्तै उनले नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य एवम् मनहरी गाउँपालिका २ का पुर्व वडा अध्यक्षको प्रस्ताव र जनता समाजबादी पार्टी मनहरी गाउँपालिकाका अध्यक्षको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा समाजिक संजालमार्फत पनि गरेका छन् ।