शनिबार, आश्विन २२ गते ।

मकवानपुर । नेकपा एमालेको तर्फबाट मकवानपुर प्रतिनिधिसभा १ बाट टिकट पाएका रामेश्वर रानाको टिकट खोसिएको छ । उनको टिकट राप्रपा नेपालका अध्यक्ष कमल थापाले खोसेका हुन् ।

साथै एमाले केन्द्रीय सल्लाकार डोरमणी पौडेलले थापाले सुर्यबाट चुनाव लडने गरी टिकट आएको बताए । आफुले आधिकारिक रुपम अध्यक्ष ओलीसँग भने सम्पर्क गरिनसकेको उनको भनाई छ । राप्रपाका केन्द्रीय महामन्त्री राजाराम बर्तौलाले पनि एमालेको सहयोगमा चुनाव लड्ने कुरा फाईनल भैसकेको बताए ।