आइतबार, आश्विन २३ गते ।

मकवानपुर । नेपाली कांग्रेसले मकवानपुरबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने उम्मेद्वारको राति अबेर टुंगो लगाएको छ ।
प्रतिनिधि सभाका लागि मकवानपुर १ बाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले टिकट प्राप्त गरेकी छन् । मकवानपुर १ (ख) बाट आनन्दराम पराजुली र मकवानपुर २ (ख) बाट बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले टिकट पाएका छन् । डिना र बानियाँको टिकट पहिल्यै निश्चित जस्तै भएपनि मकवानपुर १ (ख) मा भने जिल्ला सभापति बुद्ध लामा र पराजुलीबिच टिकटका लागि प्रतिस्पर्धा थियो ।

नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ मकवानपुर १ र प्रदेश सभातर्फ मकवानपुर १ (ख) र २(ख) मा उम्मेद्वारी दिने गठबन्धन दलभित्र यसअघि नैं सहमति बनिसकेको थियो । योसँगै मकवानपुरबाट गठबन्धनका सबै उम्मेद्वारहरुको टुंगो लागेको छ ।