आइतबार, असोज २३ गते ।

मकवानपुर । आगामी निर्वाचन अन्तरगत सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले दिउँसो १२:३० बजे प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । उनले मकवानपुर क्षेत्र नम्बर १ (ख) मा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि कांग्रेस हेटौंडा नगरसभापति उत्सव इटेनी र हेटौंडा-४ का वडा सभापति हरि पौडेल उपस्थित थिए ।