आइतबार, आश्विन २३ गते ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुरमा भरत पराजुली र टाकाराज थापा( सुरेश) ले मनोनयन दर्ता गराएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि पराजुलीले मकवानपुर २ र थापाले मकवानपुर १ बाट मनोनयन दर्ता गराएका हुन् ।

अब स्वतन्त्र पार्टीका पराजुलीसँग नेकपा एमालेका महेशकुमार बर्तौला र गठबन्धनबाट नेकपा एसका उम्मेदवार विरोध खतिवडाको प्रतिष्पर्धा हुनेछ भने, थापासँग राप्रापका दिपकबहादुर सिंह, नेकपा एमालेको समर्थन पाएका राप्रपा नेपालका कमल थापा र गठबन्धनबाट नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यय डिनाको प्रतिष्पर्धा हुनेछ ।