मकवानपुर २ को “ख” मा माओवादी नेता चेपाङले दर्ता गराए स्वतन्त्र उम्मेदवारी ।

आइतबार, असोज २३ गते ।
मकवानपुर । नेकपा माओवादीका पश्चिम मकवानपुरका युवा नेता खुशीलाल चेपाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उहाँले फेसबुक स्ट्याटस लेखेर आफ्नो उम्मेदवारी रहने बताएका थिए ।
पश्चिम मकवानपुरमा माओवादीको संगठन बलियो हुँदाहुँदै पनि स्थानीय र पार्टीका उम्मेदवार नभएर अरु पार्टीका नेताहरु बोक्नु पर्ने बाध्यताबाट रुष्ट बनेकाहरुले चेपाङलाई स्वतन्त्र उम्मेदवारका रुपमा अघि सारेका हुन् । चेपाङले माओबादी केन्द्रको जिल्ला सदस्य साथै मनहरी गापा वडा नम्बर २ का पूर्ब वडा अध्यक्ष कमरेड वीर बहादुर घलानको प्रस्ताव र दिवन चेपाङको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
साथै पार्टीमा रहेको क्रान्तिकारी र पार्टीलाई रुपान्तरण गर्नुपर्छ भन्ने चिन्तन राख्ने कार्यकर्ताहरुको जगमा आफूले चुनाव जित्ने पनि चेपाङले बताए ।